Main News

धरहराको गजुर रहने गुम्बज ढलान आज सकिँदै

हिमालय टिभी
२०७७ फागुन २५ गते ८:५३
धरहराको गजुर रहने गुम्बज ढलान आज सकिँदै

२५ फागुन २०७७ काठमाडौं । काठमाडौँको सुन्धारामा निर्माण हुँदै गरेको धरहराको २२ तलाको ढलान सकिएपछि गजुर रहने गुम्बज ढलान आज सकिने भएको छ ।

धरहरा निर्माणको कार्य गर्दै आएको रमन कन्स्ट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार धरहरा भौतिक पूर्वाधारको निर्माणको हिसावले ९५ प्रतिशत काम सम्पन्न भएको छ ।

बाँकी अरु धरहराको बाहिरी र भित्री प्लाष्टर, पार्किङ र संग्रहालयको काम पनि जारी रहेको नेपाल पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अबको केही महिनाभित्रै सर्वसाधारणले धरहरामा रहेको अत्याधुनिक प्रविधि प्रयोग गरी काठमाडौं अवलोकन गर्न पाउने भएका छन् ।

कोरोनाका कारण लकडाउनको समय र दसैँ–तिहारजस्ता चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएकाले निर्माणले पूर्णता पाउन लागेको प्राधिकरणले जनाएको छ ।

२०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले धरहरा ढलेको थियो । धरहराभित्रै रहेको सुन्धारालाई पहिलाको जस्तो पानी बग्ने बनाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *