Main News

सर्वोच्चले मागेको भन्दा बढी फैसला दियोः वरिष्ठ अधिवक्ता बिडारी

हिमालय टिभी
२०७७ फागुन २४ गते १७:५९
सर्वोच्चले मागेको भन्दा बढी फैसला दियोः  वरिष्ठ अधिवक्ता बिडारी

२४ फागुन २०७७ काठमाडौं । राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतले मागेको भन्दा बढी फैसला दिएको टिप्पणी गर्नु भएको छ ।

आज काठमाडौंमा भएको एक कार्यक्रममा बिडारीले भन्नुभयो–‘सर्वोच्च अदालतले जुन निर्णय गर्‍यो, देश बिग्रिनुको धेरै कारणभन्दा एउटा कारण अदालतले ठीक समयमा ठीक निर्णय नगर्नु पनि हो, यो मुद्दा तीन वर्ष पहिले हालेको थियो । यो त ६ महिनाभित्र गर्नुपर्दथ्यो । अर्को कुरा, मागे भन्दा बढी नै फैसला दियो । नभन्नुपर्ने कुरा भयो । नभन्ने कुरा भनिसक्यो, तर सच्याउने र सुधार गर्ने तरिका छ ।’

उहाँले दालतको फैसला सुधार र सच्याउने तरिका भनेको पुनरावलोकनमा जानु भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘पुनरावलोकनबाट यो सच्चिन्छ । दलले पुनरावलोकन गर्छ कि गर्दैन्, त्यो अर्को कुरा हो । जेमा पनि मुद्दा हाल्ने वकिलहरुले मुद्दा हाल्छन् कि हाल्दैनन् ?’

बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले अब विश्वासको मत लिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो–‘प्रधानमन्त्रीले विश्वासको मत लिन पनि सक्नुहुन्छ । विश्वासको मत लिनुभएन भने अविश्वासको प्रस्ताव दर्ता हुन्छ । अब मूल साँचो नेपाली कांग्रेससँग हुन्छ ।’

हिजो संसद् विघटनविरुद्ध उभिएका दलहरु अब एक ठाउँमा उभिनुपर्ने उहाँको जोड थियो । उहाँले भन्नुभयो–‘संविधान होच्याउने कदमविरुद्ध को–को एक भएका थिए ? ती सबै एक होलान् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *