प्रधानमन्त्री ओलीको चुनौती– अध्यादेश फेल गर्ने आँट छ कसैको ? (भिडियो रिपोर्टसहित)
२४ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिनुभएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिनुभएको हो । उहाँले एसिड आक्रमणविरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबीसमेत गर्नुभयो ।
उहाँले संसदमा सांसदहरुले संसदीय मूल्य मान्यता र मर्यादाविपरीत क्रियाकलाप गरेको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले मुद्दा लडेर संसद पुनर्स्थापना गराएर संसदमा धामी नाँच देखाएको आरोप पनि लगाउनुभयो ।
प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराखेका थिए । अब मैले उहाँहरुलाई सोध्न नपरोस् तपाई कुन पार्टीको हो ? भनेर । उहाँहरुले मलाई नेकपाको साधरण सदस्यबाट पनि निकाल्नुभएको थियो । म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो म कुन पार्टीको हो भनेर ।
उहाँले भन्नुभयो “छलफल गर्दा माननीय भनेर अगाडि लेखेको हुन्छ । माननीय भनेर लेखिए जस्तै माननीयले बोल्ने भाषाजस्तै बोल्यौ ? छलफल गरौ न । छलफल गरेको हो कि ? उफ्रेको हो कि ? धामी नाँच हो कि ? पार्लियामेण्टमा । हिजो पहिलो दिन औपचारिक रुपमा पार्लियामेण्ट शुरु भएको छ, गुरुरर कुदेर आएर वेलमा आएर नारा लगाएका छन् कराएका छन् । के बिग्रियोभन्दा खेरि एसिड आक्रमणविरुद्धको अध्यादेश पेश गर्यो सरकारले । फेल गरे भैगो नि सक्छौ भने । फेल गर्ने आँट कसैको छ ? फेल गर्ने आँट छैन । मन पनि छैन । फेल गर्ने आँट पनि छैन । त्यसकारण वेल घेरेर अध्यादेश पेश गर्न पाइँदैन भनेर नारावाजी । प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भनेर मुद्दा लडेर आएपछि ताजुक देखियो ।’
पुनर्स्थापित संसदलाई देश र जनताका समस्याका बारेमा छलफल गर्ने थलो बनाउनुपर्नेमा त्यसो हुन नसकेको र एसिड आक्रमणविरुद्धको कानून पास हुन नदिन बैठक अवरुद्ध गरिएको आरोप प्रधानमन्त्रीले लगाउनुभयो ।
तर हिजोको बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस गर्न लाग्दा विपक्षी नेपाली कांग्रेस र प्रचण्ड–नेपाल समूहले असहमति जनाएको थियो । कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले अध्यादेश पेस गर्न लाग्दा कांग्रेसले बैठक अवरोध गरेको थियो । प्रधानमन्त्रीले भने एसिड आक्रमणविरुद्धको अध्यादेश पेस हुन लागेका बेला अवरोध गरेको आरोप लगाउनु भएको छ ।
उहाँले भन्नुभयो “लडाईँ गरेर, मुद्दा लडेर, यतिखेर चुनावमा जान्थ्यो देश । चुनावपछि राम्रो सरकार बन्थ्यो । त्यसलाई रोके मुद्दा हालेर । संसद पुनर्स्थापना किन गर्या रहेछ भन्दा उफ्रिन नारा लगाउन, कराउन, अध्यादेश पेस हुन नदिन, एसिड आक्रमणविरुद्धको कानून पास हुन नदिन, त्यसका लागि पो बोलाएको रहेछ ।”
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको आदेशबाटै आफु कुन दलको हो भन्ने स्पष्ट भइसकेको भन्दै उहाँले आफूलाई कुन पार्टीको हो भनेर प्रश्न गर्ने सांसदलाई सर्वोच्च अदालतलाई सोध्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “हिजो मैले बोलिनँ । प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराखेका थिए । अब मैले उहाँहरुलाई सोध्न नपरोस् तपाई कुन पार्टीको हो ? भनेर । उहाँहरुले मलाई नेकपाको साधरण सदस्यबाट पनि निकाल्नुभएको थियो । म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो म कुन पार्टीको हो भनेर । लक्ष्मी प्रसाद देवकोटोले भनेजस्तो दर्शन किन्तु कहीँ दिँदैन चर्मचक्षुले भनेर भनेजस्तै देख्नै नसक्ने, देख्नै नखोज्ने आँखा भएर के गर्ने ? कान भएर के गर्नु सुन्नै नसक्ने । जन्मदैको दोष पनि होइन । कुनै रोगबिमारको दोष पनि होइन । सुनिराखेको छ तर पनि सुन्दैन । देखिराखेको छ तर पनि देख्दैन । अब हुदाँहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ । सर्वोच्च अदालतमा सोध्न जानुहोस् ।”
मुलुकमा स्थायित्व काम गर्नका लागि आफुले प्रतिनिधिसभा विघटन गरेर चुनावमा गएको दोहो¥याउदै प्रधानमन्त्री ओलीले पुनर्स्थापन भए पनि “दूरदिन” शुरु भएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया