एसिड पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिलाको सम्मान प्रदान गरिँदै

२४ फागुन २०७७ काठमाडौं । १५ वर्षको उमेरमा तेजाब आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकी सरकारले आज अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्डबाट सम्मानित गर्ने भएको छ ।
यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएको नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले बताउनुभएको छ ।
गत शुक्रबार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी दुतावासले खातुनलाई सो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएको थियो ।
उक्त अवार्ड आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदान गर्न लागिएको हो । खातुनलाई भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडनले सो अवार्डले सम्मान गर्ने कार्यक्रम छ ।
खातुन सहित यो वर्ष विश्वभरिबाट छानिएका १४ महिला सम्मानित हुनेछन् । अघिल्लो वर्ष पाकिस्तानकी महिला अधिकारवादी मलाला युसुफजाईलाई पनि सम्मान गरिएको थियो।
प्रतिक्रिया