राजनीति

नेकपा आधिकारिकता विवादमा नाटकीय मोड सर्वोच्चको फैसलामा ओली समूह उत्साहित प्रचण्ड–नेपाल समूह सशंकित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २३ गते १९:३४
नेकपा आधिकारिकता विवादमा नाटकीय मोड सर्वोच्चको फैसलामा ओली समूह उत्साहित प्रचण्ड–नेपाल समूह सशंकित (भिडियो रिपोर्टसहित)

२३ फागुन २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को वैधानिकता विवादमा नाटकीय मोड आएको छ । र, सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँताइँदिएपछि ओली समूह उत्साहित छ भने प्रचण्ड नेपाल समूह संशकित भएको छ ।

ओली समूहले आधिकारिकता पाउने कि प्रचण्ड नेपाल समूहले भन्ने विवाद निर्वाचन आयोगमा थियो । प्रचण्ड–नेपाल समूहले आधिकारिकता लागि निर्वाचन आयोगमा दावी पेश गरेर पटकपटक विवाद निरुपण गर्न दबाब दिएको थियो । तर आयोगले यसमा कुनै निर्णय नगरी बसेको थियो ।

तर आइतबार सर्वोच्च अदालतले नेकपा वैधानिक नरहेको ठहर गर्दै खारेज गरिदियो । यो निर्णयबाट प्रचण्ड–नेपाल पक्ष भने संशकित छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यो फैसला अनपेक्षित लागेको छ । प्रचण्ड नेपाल पक्षले फैसलाको समय सही नभएको तर्क गरेको छ ।

प्रचण्ड–नेपाल समूह संशकित भएपनि ओली समूह उत्साहित छ । किनकी यो फैसलाले आफूलाई सहज भयो भन्ने उसको बुझाई छ । किनकी एमाले ब्यूँतिदा सूर्य चिन्ह यही समूहमा जान्छ । ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार यो फैसलाले एकताका लागि छलफल गर्ने नयाँ ठाउँ दिएको छ ।

आफ्नै सरकार कसको र कस्तो भन्ने प्रश्न उठ्ने गरी सर्वोच्चको फैसला आए पनि दल अघि बढाउने सन्दर्भमा राजनीतिक फाइदा देखेका प्रधानमन्त्री केपी शर्मा ओली पनि फैसलाप्रति सकारात्मक हुनुहुन्छ ।

सर्वोच्च अदालतले पार्टी एकतामाथि नै प्रश्न उठाएको भन्दै प्रचण्ड–नेपाल पक्षले असन्तुष्टि जनाएको छ । माग दावी भन्दा बाहिर गएर अदालतले फैसला गरेको उसको आशंका छ । सर्वोच्चको फैसलाबारे प्रचण्ड नेपाल पक्षले संसदमा समेत कुरा उठाएको छ ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले ओली समूहलाई सिधै फाइदा देखिएको छ, त्यसैले प्रचण्ड–नेपाल पक्ष आक्रामक देखिएको छ । अब उसले यो विषयलाई कसरी अघि बढाउँछ हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्