Main News

सर्वोच्चको फैसलाले न्यायलयप्रति जनताको भसोरा बढ्योः सभामुख सापकोटा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २३ गते १८:४२
सर्वोच्चको फैसलाले न्यायलयप्रति जनताको भसोरा बढ्योः सभामुख सापकोटा (भिडियो रिपोर्टसहित)

२३ फागुन २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले न्यायालयप्रति जनताको भरोसा बढेको बताउनुभएको छ ।

प्रतिनिधि सभालाई सम्बोधन गर्दै सभामुख सापकोटाले सर्वोच्चको फैसलालाई ऐतिहासिक भन्नुभयो । सर्वोच्चको फैसलाले संविधानमा प्रतिनिधि सभाको पूर्ण कार्यकाल र त्यसमार्फत् परिकल्पना गरेको स्थायित्वलाई स्थापित गरेको टिप्पणी गर्दै प्रधानमन्त्रीको कदममाथि प्रश्न उठाउनुभयो ।

सभामुख सापकोटाले प्रतिनिधि सभा क्रियाशील भएसँगै केही वृत्तबाट विगतका विसंगतिपूर्ण अभ्यास दोहोरिने आशंका उत्पन्न भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *