Main News

कोभ्याक्स सुविधामा प्राप्त कोरोनाविरुद्धको खोप आइपुग्यो नेपाल

हिमालय टिभी
२०७७ फागुन २३ गते १३:३०
कोभ्याक्स सुविधामा प्राप्त कोरोनाविरुद्धको खोप आइपुग्यो नेपाल

२३ फागुन २०७७ काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको कोभिडविरुद्धको खोप आज नेपाल आइपुगेको छ ।

सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप काठमाडौँ ल्याइएको हो ।

पहिलो चरणमा २२ लाख ५६ हजार डोज खोप आउने भनिए पनि पर्याप्त मात्रामा खोपको उत्पादन नहुँदा पहिलो चरणमा ३ लाख ४८ हजार डोज मात्रै खोप ल्याउन सम्भव भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभ्याक्सले कुल जनसंख्याको २० प्रतिशतलाई निस्शुल्क खोप उपलब्ध गराउनेछ । तर खोपको माग अनुसार उत्पादन हुन नसकेकोले चरण चरण गरी खोप उपलव्ध गराउने योजनामा कोभ्याक्स लागेको हो ।

खोप बनिसकेपछि त्यसको प्रयोग धनी तथा गरीब देशहरुले समान रुपमा पाउन् भन्ने उदेश्यका साथ विश्व स्वास्थ्य संगठन, युनिसेफ, विल एण्ड मिलिन्डागेट्स फाउन्डेशन, विश्व बैंक लगायतका विभिन्न १० वटा संस्थाको सहकार्यमा बनेको गाभी एलायन्सले, कोभ्याक्स एसोसिएसन निर्माण गरी कोभ्याक्स सुविधा मार्फत खोप वितरण गर्न सुरु गरेको हो ।

अहिलेसम्म विभिन्न मुलुकमा कोभ्याक्सले १ करोड २० लाख डोज खोप पठाईसकेको छ । सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप यसअघि नेपाललाई भारतले अनुदानमा दिएको थियो भने सरकारले पनि किनेको थियो ।

सरकारले किनेर ल्याएको कोभिशिल्ड खोप आजदेखि ६५ वर्षमाथिको उमेर समूहकालाई लगाउन थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *