Main News

प्रचण्ड र नेपालद्वारा सभामुख सापकोटासँग भेट

हिमालय टिभी
२०७७ फागुन २३ गते १३:१५
प्रचण्ड र नेपालद्वारा सभामुख सापकोटासँग भेट

२३ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ ।

सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबार पुगेर प्रचण्ड र नेपालले भेटवार्ता गर्नुभएको हो । भेटमा के कुराकानी भयो भन्ने खुलेको छैन । तर पुनःस्थापित संसद बैठक बस्नुअघि भएको यो भेटलाई निकै अर्थपूर्ण मानिएको छ ।

दिउँसो चार बजे प्रतिनिधिसभा बैठक बस्दैछ । नेकपा दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको छ ।

नेकपाको ओली समूहले सभामुख सापकोटाको भूमिकालाई लिएर असन्तुष्टि जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *