Main News

विधेयक अधिवेशनका रुपमा चिनिने संसदको हिउँदे अधिवेशन सरकार निर्माणमा केन्द्रित हुँदै

हिमालय टिभी
२०७७ फागुन २३ गते ७:२३
विधेयक अधिवेशनका रुपमा चिनिने संसदको हिउँदे अधिवेशन सरकार निर्माणमा केन्द्रित हुँदै

२३ फागुन २०७७ काठमाडौं । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन राजनीतिक गतिरोधका कारण विधेयकभन्दा बढी सरकार निर्माणका विषयमा केन्द्रित हुने भएको छ ।

कोरोना भाइरस कहरका कारण भन्दै यसअघि बजेट अधिवेशन पनि छोटो समयमा नै अन्त्य गरिएको थियो । अधिवेशन लामो समय नचल्दा सङ्घीय संसदमा विधेयकको चाप छ ।

सङ्घीय संसद्को पहिलो अधिवेशनदेखि गत पुस ५ गतेसम्म १२८ विधेयक दर्ता भएका छन् । दर्तामध्ये दुवै सदनबाट पारित भई ६९ विधेयक ऐन बनिसकेका छन् ।

दुवै सभामा र समितिमा ५५ विधेयक विभिन्न चरणमा विचाराधीन छन् । विचाराधीन विधेयकमध्ये दर्ता भई वितरण गरिएका विधेयक १७ वटा छन् । दुवै सभाका समितिहरूमा १०, १० वटा विधेयक विचाराधीन छन् ।

राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा सन्देशसहित पठाएका विधेयक सङ्ख्या दुई छ । सन्देश भने पेस हुन बाँकी रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभामा सदस्यहरूलाई वितरण गरिएका विधेयक पाँचवटा छन् । यस्तै सभामा विचाराधीन रहेका तीन, समितिमा विचाराधीन रहेका १० विधेयक छन् । सङ्घीय संसद्का दुवै सदनमा गरी आठवटा सन्धि तथा सम्झौता विचाराधीन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *