Main News

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, घरघरमा कहिले ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २२ गते १९:२४
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, घरघरमा कहिले ? (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ काठमाडौं । तीन दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झरेको छ । सुरुङ्गमार्फत ल्याइएको मेलम्चीको पानी आज सुन्दरीजलमा झरेको हो ।

गत असारमा पहिलो पटक भएको परीक्षण असफल भएपछि फागुन १० गते दोस्रोपल्ट मेलम्चीको सुरुङमा पानी पठाइएको थियो । त्यो पानी आज दिउँसो सुन्दरीजलमा झरेको छ ।

पानी सुन्दरीजलमा झर्ने भएपछि अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारीसहित मेलम्ची पुग्नु भएको छ ।

मेलम्ची खाने पानी आयोजनाका अनुसार सुन्दरीजलमा झरेको पानीलाई रातभर वाग्मती नदीमा बगाइनेछ। आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै सचेत गराइसकेको छ ।

सुरुङ्गमा अहिले जम्मा भएको पानी सुन्दरी जलमा निर्माण गरिएका १७ करोड लिटर क्षमताका दुईटा प्रशोधन केन्द्रमा हालिनेछ । र त्यो पानीलाई काठमाडौं उपत्यकामा नै भएका अरु ट्यांकि हुँदै घर घरमा वितरण गरिने छ ।

मेलम्चीको पानी वितरणका लागि उपत्यकामा वितरण लाइन यसअघि नै तयार भइसकेको छ । २०५६ सालमा सुरु भएको मेलम्ची आयोजना बल्ल पूरा हुन लागेको हो ।

अवलोकनमा पुगेका प्रधानमन्त्री ओलीले काठमाडौंका बासिन्दाले अब छिट्टै मेलम्चिको पानी पाउने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *