प्रचण्ड र नेपालले आफूलाई काम गर्न नदिएको ओलीको आरोप (भिडियो रिपोर्टसहित)

Himalaya Television
२०७७ फागुन २२ गते १९:१८

प्रचण्ड र नेपालले आफूलाई काम गर्न नदिएको ओलीको आरोप (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूलाई काम गर्न नदिएको आरोप लगाउनुभएको छ ।

मेलम्चीको पानी अवलोकनका लागि सुन्दरीजलमा पुगेका प्रधानमन्त्री ओलीले आफूले यसअघि पार्टी भित्रैबाट काम हुन नदिएको बताउँदै आएको र अहिले काम गर्न नदिनेहरुले पार्टी छाडेपछि धमाधम काम भइरहेको दावी गर्नुभयो ।

मेलम्चीको पानी काठमाडौंमा झर्नुले त्यो प्रमाणित गरेको ओलीको भनाइछ ।

प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाललाई लक्षित गर्दै जहाँ पायो त्यहीँ लड्डु खाने हैन भन्दै ब्यङ्ग्य गर्नु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs