शुरु भयो किसान सूचीकरण राष्ट्रिय अभियान

२२ फागुन २०७७ काठमाडौं । सरकारले किसान सूचीकरण राष्ट्रिय अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा भएको कार्यक्रममा किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ गर्नुभएको हो ।
सातवटै प्रदेशमा सञ्चालन हुने यो अभियानमा किसानको विस्तृत जानकारी डिजिटल माध्यमबाट संकलन गरिने छ ।
शुभारम्भ समारोहमा प्रधानमन्त्री ओलीले कृषि क्षेत्रलाई आधुनिकीकरण गरि मर्यादित पेशाको रुपमा स्थापित गराउन सरकारले तिब्र ढंगले काम गरिरहेको दाबी गर्नुभयो ।
कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले सम्मृद्ध किसान स्वस्थ्य नेपाल निर्माणका लागि किसान सूचीकरण राष्ट्रिय अभियानले ठूलो सहयोग गर्ने बताउनुभयो ।
किसानको सूचीकरणका लागि कृषि मन्त्रालयले वेबमा आधारित सफ्टवेयर प्रणाली विकास गरेको छ । अब कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशैभरिका किसानको विवरण वेबसाइटमा राखिने छ ।
किसानको सूचीकरण भइसकेपछि किसानको वर्गीकरण गरेर सेवासुविधा प्रदान गर्ने सरकारको तयारी छ ।
प्रतिक्रिया