नेकपा महासचिव विप्लव र गृहमन्त्री थापाबीच भेट

२२ फागुन २०७७ काठमाडौं । खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले गृहमन्त्री रामबहादुर थापासँग आज भेटवार्ता गर्नुभएको छ ।
महासचिव विप्लवले आज बिहान पुल्चोक स्थिति मन्त्री निवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गर्नुभएको हो ।
भेटमा सरकार र नेकपाबीच भएको तीनबुँदे सहमतिको कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको हो । भेटमा विशेष गरेर पक्राउ परेका नेताहरुको रिहाइका विषयमा कुराकानी भएको जनाइएको छ ।
सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि भूमिगत बनेका महासचिव विप्लव बिहीबार सरकार र नेकपाबीच तीनबुँदे सहमति भएपछि हिजो राष्ट्रियसभाबाट सार्वजनिक हुनुभएको थियो ।
हिजो विप्लवले प्रधानमन्त्री ओलीसँगै राष्ट्रिय सभामा आयोजित सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
खुला राजनीतिमा आएको नेकपा विप्लव समूहको भावि राजनीतिक कार्यदिशा के हुन्छ भन्ने आम चासो रहेको छ ।
प्रतिक्रिया