राजनीति

आफूलाई प्रधानमन्त्री बन्ने कुनै चाहना नरहेको सभापति देउवाको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २२ गते १२:५९
आफूलाई प्रधानमन्त्री बन्ने कुनै चाहना नरहेको सभापति देउवाको दाबी (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ ।

आज देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरद्धारा लिखित पुस्तक महाकाण्डको विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफु प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको हो ।

आफुहरुलाई विपक्षमा बस्ने म्याण्डेड भएको भन्दै प्रधानमन्त्री बन्न नचाहेको उहाँले बताउनुभयो । विपक्षी दलको नेता भावी प्रधानमन्त्रीको रुपमा रहने भए पनि आफुलाई प्रधानमन्त्रीको लोभ लालच नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्याण्डेड विपक्षमा बस्ने म्याण्डेड भन्ने चलन छ नि हाम्रो । विपक्षी दलको नेता प्राइमिनिस्टर इन वेइटिङ हो । तर म त्यसमा पनि छैन । मलाई प्रधानमन्त्री बन्ने लोभ, लालच पनि छैन । यस्तोमा लाग्नुपनि छैन मैले ।’

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि सरकार गठनको रस्साकस्सी चलेको छ । फागुन २३ गते प्रतिनिधि सभाको बैठक बस्दैछ ।

नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपाभित्रको प्रचण्ड–नेपाल समूहले प्रस्ताव गरेको भए पनि नेपाली कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरिसकेको छैन ।

सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको बेलामा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्