Main News

मेलम्चीको पानी आज सुन्दरीजलमा झर्दै, प्रधानमन्त्रीले अवलोकन गर्ने

हिमालय टिभी
२०७७ फागुन २२ गते ८:५८
मेलम्चीको पानी आज सुन्दरीजलमा झर्दै, प्रधानमन्त्रीले अवलोकन गर्ने

२२ फागुन २०७७ काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज काठमाडौँको सुन्दरीजलमा झर्दैछ ।

गत फागुन १० गते दोस्रो पटक मेलम्चीको पानी परीक्षणका लागि छाडिएकोमा आज दिउँसो सुन्दरीजलमा झर्ने आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।

मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्ने कार्यक्रम तय भएको उहाँको भनाइ छ ।

आयोजनाका अनुसार आज सुन्दरीजल झर्ने पानी रातभर बागमती नदीमा बगाइनेछ । पानीको सतह बढ्न सक्ने भन्दै आयोजनाले बागमती नदी आसपासका बासिन्दालाई यसअघि नै सचेत गराइसकेको छ ।

गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पटक पानी पथान्तरण थालिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *