राजनीति
नेकपा ओली समूहको संसदीय दलको बैठक आज, ओलीका पक्षमा बहुमत देखाउने कसरत
२०७७ फागुन २२ गते ७:४१
२२ फागुन २०७७ काठमाडौं । सत्तारुढ नेकपाको ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ ।
नेकपाकै प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बसेको भोलिपल्ट आज ओली समूहको बैठक बस्न लागेको हो ।
बैठक दिउँसो चार बजेका लागि बोलाइएको ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईले संघीय संसद सचिवालयले आफुलाई मान्यता दिएकाले आफुले बोलाएको बैठक मात्र आधिकारीक हुने बताउनुभयो ।
आजको बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी ओलीको पक्षमा बहुमत रहेको देखाइने भट्टराईले बताउनुभयो ।
प्रचण्ड–नेपाल समूहले हिजै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।
प्रतिक्रिया