Main News

सत्ताको साँचो बोकेको कांग्रेस अझै अलमलमा, उचित समयमा उचित निर्णय लिने तयारी

हिमालय टिभी
२०७७ फागुन २१ गते १८:५५
सत्ताको साँचो बोकेको कांग्रेस अझै अलमलमा, उचित समयमा उचित निर्णय लिने तयारी

२१ फागुन २०७७ काठमाडौं । संसद बैठक बस्न दुई दिन बाँकी रहँदा भावी सत्ता समीकरणबारे कांग्रेस अझै स्पष्ट देखिएको छैन । सत्ताको साँचो लिएर बसेको नेपाली कांग्रेस अलमलमै देखिएको छ ।

नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठकमा पनि भावी सत्ता समीकरणबारे ठोस निर्णय हुन सकेन । सांसदहरुले फरकफरक खालका सुझाव दिएका छन् । ति सुझाव अनुसार उचित समयमा उचित निर्णय गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले ‘अविश्वास प्रस्तावबारे अहिले निर्णय गर्न हतार हुने निश्कर्ष निकालिएको बताउनुभयो । उहाँले पार्टीले उचित समयमा उचित निर्णय लिने बताउनु भयो ।

बैठकले संसद विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै संविधानवादको जीत भएको ठहर गरेको छ । आजको बैठकमा २९ जना सांसदले धारणा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *