Main News

सरकार र विप्लवबीचको सहमति सकारात्मकः अध्यक्ष थापा

हिमालय टिभी
२०७७ फागुन २१ गते १८:४३
सरकार र विप्लवबीचको सहमति सकारात्मकः अध्यक्ष थापा

२१ फागुन २०७७ बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति सकारात्मक रहेको बताउनु भएको छ ।

मिडिया नेपालको राष्ट्रिय सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष थापाले हिंसा परित्याग गरेर शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्या समाधान खोज्न गरेको निर्णय स्वागतयोग्य भएको बताउनुभयो । उहाँले सबैलाई समेटेर राजनीतिक निकास निकाल्नु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष थापाले सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधि सभा पुर्नस्थपना भएपछि देशमा संसद किनबेच, अपवित्र गठबन्धन र अस्थितरताको नयाँ श्रृङ्खला शुरु भएको दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *