Main News

मैले कसैलाई प्रधानमन्त्री पद प्रस्ताव गरेको छैनः प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २१ गते १७:२८
मैले कसैलाई प्रधानमन्त्री पद प्रस्ताव गरेको छैनः प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले कसैलाई पनि प्रधानमन्त्री पद प्रस्ताव नगरेको बताउनुभएको छ ।

कांगेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद प्रस्ताव गरेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको खण्डन गर्दै आफूले कसैलाई पनि प्रस्ताव नगरेको बताउनुभएको हो ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगर्ने बताउनुभयो ।

प्रचण्ड र नेपाल समूहले देउवालाई अनुचित तरिकाले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

सरकार ढाल्न खोजिएको र प्रतिनिधिसभा पुनर्स्थापना भएपछि फेरि तमासा शुरु गरिएको भन्दै उहाँले घुमाउरो ढंगले सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *