ओलीलाई दलको नेताबाट हटाउने नेकपाको बहुमत सांसदको निर्णय, प्रचण्ड नेता चयन (भिडियो रिपोर्टसहित)
२१ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ नेता चयन गरेको छ ।
संसदीय दलको बैठकमा नेकपाका बहुमत सांसद सहभागी भएको प्रचण्ड(नेपाल समूहको दाबी छ । हदरबारमा वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय कमिटीको निर्णय अनुसार नयाँ नेता चयन गरेको हो ।
नेता निर्वाचित भएपछि प्रचण्डले यसलाई अबसर र चुनौतिका रुपमा लिएको भन्दै ओली पक्षमा रहेका सांसदलाई आफुतिर आउन आव्हान गर्नुभयो ।
आफु बहुमतबाट संसदीय दलको नेता भएको भन्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा दिनुको विकल्प नभएको बताउनुभयो । राजीनामा नदिए अविस्वासको प्रस्ताव लैजाने उहाँले जनाउनुभयो ।
यसअघि गत पुस ८ गते पनि प्रचण्ड नेपाल समूहले प्रचण्डलाई नेता चयन गरेको थियो । तर निर्वाचन आयोगले पुस ५ यता नेकपाका दुवै समूहले गरेक निर्णय अस्वीकार गरेको थियो ।
नेकपाबाट प्रतिनिधिसभामा १ सय ७३ र राष्ट्रियसभामा ५० गरी २ सय २३ सांसद छन् । ति मध्ये राष्ट्रियसभा अध्यक्ष र सभामुख दलमा रहँदैनन् भने एकजनाको निधन भएको छ ।
यसका आधारमा दुबै सदनका २ सय २० को बहुमतका लागि १ सय ११ जना चाहिन्छ । यसअघि ओली समुहमा लागेको भनिएकी सांसद माया ज्ञवाली आज प्रचण्डनेपाल समूहको बैठकमा सहभागी हुनु भएको छ ।
नेकपाका दुबै समूहले संसदीय दलमा बहुमत रहेको दाबी गर्दै आएका थिए । ओली समूहले भोलिका लागि संसदीय दलको बैठक बोलाएको छ ।
प्रतिक्रिया