Main News

भारतमा भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु

हिमालय टिभी
२०७७ फागुन २१ गते १६:३३
भारतमा भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु

२१ फागुन २०७७ मध्यप्रदेश । भारतीय राज्य मध्यप्रदेशको ग्वालियरमा भएको सवारी दुर्घटनमामा चार जना नेपालीका ज्यान गएको छ ।

११ जना नेपाली सवार भ्यान मुम्बईको उल्हासनगरबाट नेपाल गइरहेका बेला मध्यप्रदेशको भिन्ड जिल्लाको ज्ञानेन्द्रपुरामा सडक दुर्घटनामा परेको हो ।

मुम्बईबाट नेपालतर्फ गइरहेको ओम्नी भ्यानलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर भ्यानमा सवार अन्य सात जना पनि घाइते भएका छन् ।

घटनालगत्तै पुगेको प्रहरीले स्थानीयको सहयोगमा गाडीमा चेपिएकाहरुलाई निकालेका थिए । मृत्यु हुनेमा तीन पुरुष र एक महिला रहेका छन् ।

दुर्घटनामा भ्यान चालक तिलक जिसी, काला रावल, सुजा रावल र टोपे रावलको मृत्यु भएको छ उनीहरुको दैलेखको दुल्लुका बासिन्दा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मृत्यु हुने काला, सुजा र टोपे एकै परिवारका हुन् । मृत्यु हुने सबै जना रोजगारीका सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *