Main News

म्यानमारमा भएको नरसंहारको विरोधमा नागरिक अगुवाहरुद्वारा प्रदर्शन

हिमालय टिभी
२०७७ फागुन २१ गते १४:४३
म्यानमारमा भएको नरसंहारको विरोधमा नागरिक अगुवाहरुद्वारा प्रदर्शन

२१ फागुन २०७७ काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नागरिक अगुवाहरुले म्यानमारको दूतावासअघि प्रदर्शन गरेका छन् ।

म्यानमारमा भएको नरसंहारको विरोधमा नागरिक अगुवाहरुले ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दुतावास अगाडी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्र्तराष्ट्रिय समुदाय बोल, म्यानमार सरकार नागरिक हत्या बन्द गर लगायत लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

सैनिक शासकको विरोधमा म्यान्मारमा नागरिकले तीन वटा ‌औंला देखाएर प्रदर्शन गरिरहेको छन् । त्यसप्रति ऐक्यवद्धता जनाउँदै नागरिक अगुवाहरुले पनि आ–आफ्नो तीनवटा औँला देखाएर प्रदर्शन गरेका थिए ।

प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक अगुवा खगेन्द्र संग्रौलाले अहिलेको समय लोकतन्त्र, नागरिक स्वतन्त्रता र मुक्तिको समय भन्दै मान्मारका नागरिकले जित्ने बताउनुभयो ।

विरोध प्रदर्शनमा म्यानमारको सैनिक दमनलाई सांकेतिक रुपमा देखाउन कलाकारहरुले प्रस्तुति पनि देखाएका थिए । म्यानमारम फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि त्यसको विरोधमा निरन्तर आन्दोलन हुँदै आएको छ ।

म्यान्मारमा सैनिक सरकारको विरोधमा नागरिकले प्रदर्शन गरिरहेका छन् । त्यसक्रममा सैनिक दमनमा परी ६० जना भन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *