Main News

विप्लव समूहका शीर्ष नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

हिमालय टिभी
२०७७ फागुन २१ गते १३:१५
विप्लव समूहका शीर्ष नेता  धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

२१ फागुन २०७७ काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका शीर्ष नेता धर्मेन्द्र बास्तोला सरकारसँगको सहमति बमोजिम आज रिहा हुनुभएको छ ।

बास्तोलालाई प्रहरीले आज बिहान काभ्रेबाट रिहा गरेको हो । आज ११ औं दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट रिहा हुनुभएको हो ।

बास्तोलालाई श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर प्रहरीले पठाएको छ । यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्‍याइएको थियो ।

हिजो सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको थियो ।

विप्लव समूहका एक हजारभन्दा बढी नेता कार्यकर्ता जेलमा छन् । उनीहरु सबैलाई प्रक्रियागत रुपमा रिहाइ गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *