Main News
सुनकोशी–मरिन डाइभर्सनको आज शिलान्याश हुँदै
२०७७ फागुन २० गते ९:५५

२० फागुन २०७७ काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सनको आज शिलान्याश हुँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरीण बहुद्देश्यीय आयोजनाको आज शिलान्याश गर्दै हुनुहुन्छ । डाइभर्सनले मध्यतराईको सम्पूर्ण भूमिमा सिंचाई सुविधा पुग्ने र त्यहाँबाट २८ मेगावाटको बिजुली उत्पादन हुने छ ।
प्रधानमन्त्री ओलीसँगै उर्जामन्त्री टोपबहादुर रायमाझी पनि सिन्धुली जाँदै हुनुहुन्छ । ्
सरकारले आर्थिक वर्ष २०७६–०७७ को बजेटमा सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई पनि राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो। आयोजना अघि बढाउन २ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
प्रतिक्रिया