Main News
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल दुई साता सर्यो
२०७७ फागुन १९ गते १७:३०
१९ फागुन २०७७ विराटनगर । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल २ हप्ता पछि सरेको छ ।
भोलिका लागि बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँसेर चैत २ गतेसम्मका लागि सारिएको हो ।
यसअघि गत फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश भएपछि सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गर्नुभएको थियो ।
तोकिएको मिति भन्दा एक दिन अघि प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना टाँसेर बैठक चैत २ गतेसम्मका लागि स्थगित भएको जनाउनु भएको हो ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्डनेपाल समूहले पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गरेको थियो । तर ओली समूहले प्रस्तावमाथि छलफल गर्न नदिने अडान राखेकाले अघि बढ्न सकेको छैन ।
प्रतिक्रिया