Main News
नेता जनार्दन शर्माले राखे नेकपा सांसदको संयुक्त छलफलको प्रस्ताव
२०७७ फागुन १९ गते १७:१३
१९ फागुन २०७७ काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले नेकपाका सबै सांसदबीच संयुक्त छलफलको प्रस्ताव गर्नुभएको छ ।
संसद पुनःस्थापनापछि प्रतिनिधिसभाका सांसदहरुले आफैंप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक रहेको भन्दै उहाँले सचिवालय सदस्य बाहेकका सांसदबीच छलफलको प्रस्ताव गर्नुभएको हो ।
जनमतको सम्मान र जनप्रतिनिधिको कर्तव्यसमेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक रहेको शर्माको मत छ ।
यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर साझा सुझाव तयार गर्ने अर्थमा हुनुपर्नेमा समेत शर्माले जोड दिनुभएको छ ।
कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गर्ने समेत शर्माले प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिक्रिया