Main News

काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई नेपाली कांग्रेसको निर्देशन

हिमालय टिभी
२०७७ फागुन १९ गते १३:१४
काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई नेपाली कांग्रेसको निर्देशन

१९ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ ।

फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देशन जारी गरेको हो ।

संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न पर्सी शुक्रबार कांग्रेस संसदीय दलको बैठक समेत बोलाइएको छ । कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारीक रुपमै काठमाडौं बाहिर नजान र नगई नहुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गर्नुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइराला आज पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन चितवन पुग्नुभएको छ ।

पछिल्लो पटक नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानन्त्री ओलीविरुद्ध संयुक्त अविश्वास प्रस्ताव दर्ता गराउन कांग्रेससामु प्रस्ताव राखेको छ ।

संयुक्त अविश्वास प्रस्तावमा सहमति जुटेको खण्डमा आवश्यक पर्ने भएकाले सांसदहरूलाई काठमाडौं नछाड्न अनौपचारिक रुपमा कांग्रेसले निर्देशन दिएको हो ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । जसमध्ये विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बित हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *