Main News

आज दुवै सदनका सांसद र कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइँदै

हिमालय टिभी
२०७७ फागुन १९ गते ८:५८
आज दुवै सदनका सांसद र कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइँदै

१९ फागुन २०७७ काठमाडौं । सरकारले सञ्चालन गरेको कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत आज सांसदहरुले खोप लगाउँदैछन् ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ ।

आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइनेछ ।

संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई भोलि खोप लगाउने तय भएको छ । यस्तै, पर्सी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारीलाई खोप लगाइने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *