Main News

प्रधानमन्त्री ओलीले भने–संसद विघटन बदर गर्ने सर्वोच्चको फैसलाको मूल्याङ्कन आगामी दिनमा हुनेछ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १८ गते १९:११
प्रधानमन्त्री ओलीले भने–संसद विघटन बदर गर्ने सर्वोच्चको फैसलाको मूल्याङ्कन आगामी दिनमा हुनेछ (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनका परिणामले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाको मूल्याङ्कन गर्ने बताउनुभएको छ ।

फैसलाअघि संसद विघटन सदर नभए राजनीतिक अस्थिरता आउने बताउँदै आएका प्रधानमन्त्री ओलीले आज त्यसतर्फ संकेत गर्नुभयो ।

झापामा आज आयोजित कार्यक्रममा उहाँले अदालतको आदेश अनुसार संसद अधिवेशन बोलाएको भन्दै आगामी दिनमा अदालतको फैसलाको मूल्याङ्कन हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूलाई हटाइए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याएर फर्कने दाबी पनि गर्नुभयो ।

आफूलाई हटाउन सजिलो भने नभएको प्रधानमन्त्रीको दाबी छ । उहाँले विदेशीका लागि नभइ जनताका लागि कम्फर्टेबल सरकार बनाउनुपर्ने भन्दै प्रचण्डप्रति व्यङ्ग्य पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *