Main News

सरकार–विप्लव समूह वार्ता : कांग्रेस र प्रचण्ड–नेपाल समूहको आयो यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १८ गते १९:०४
सरकार–विप्लव समूह वार्ता : कांग्रेस र प्रचण्ड–नेपाल समूहको आयो यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ काठमाडौं । सरकार र विप्लव समूहको वार्ताका विषयमा नेकपाको प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसको प्रतिक्रिया आएको छ ।

दुवै पार्टीले वार्ता टोली बनेर प्रक्रिया अघि बढ्नु सकारात्मक भए पनि केही आशंका व्यक्त गरेका छन् ।

प्रचण्ड–नेपाल समूहले वार्ता टोली बन्नु सकारात्मक भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक अवस्थाबाट ध्यान मोड्न वार्ताको विषय ल्याएको हुन सक्ने आशंका गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वार्ता टोली गठन हुनुलाई सकारात्मक भन्दै सहमति गरेर समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । वार्तालाई प्रचारबाजी र शक्ति सञ्चयको माध्यम नबनाउन कांग्रेसले चेतावनी दिएको छ ।

संसद विघटनको निर्णय गरेपछि मात्रै प्रधानमन्त्रीले विप्लवसँग वार्ता अघि बढाएकाले समस्या समाधान गर्ने भन्दा पनि संकटबाट ध्यान अन्यत्र मोड्ने अस्त्र बनाएको हुन सक्ने आशंका समेत गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *