Main News

बी एण्ड सी मेडिकल कलेजलाई छिट्टै सम्बन्धन दिने प्रधानमन्त्रीको घोषणा

हिमालय टिभी
२०७७ फागुन १८ गते १६:४१
बी एण्ड सी मेडिकल कलेजलाई छिट्टै सम्बन्धन दिने प्रधानमन्त्रीको घोषणा

१८ फागुन २०७७ झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजलाई छिट्टै सम्बन्धन दिने घोषणा गर्नुभएको छ ।

झापामा आज पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बी एण्ड सीमा छिट्टै चिकित्सा शिक्षा शुरु हुने घोषणा गर्नुभयो । बी एण्ड सी र पूर्वान्चल क्यान्सर अस्पताल दुबैका संचालक दुर्गा प्रसाई हुनुहुन्छ ।

प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनको प्रक्रिया अघि बढाइएको खबर आइरहेको थियो । तर प्रधानमन्त्री ओलीले आज सम्बन्धन दिने घोषणा नै गर्नुभएको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरीत सम्बन्धन दिन खोजिएको भन्दै काठमाडौं विश्वविद्यालयका सिनेट सदस्यले नै विरोध गरेका छन् ।

सरकारले त्यसलाई बेवास्ता गरेको छ । प्रधानमन्त्री ओलीले हिम्मत भएको मान्छे भन्दै अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको प्रशंसा पनि गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *