राजनीति

सरकार र विप्लव नेतृत्वको नेकपाबीच औपचारिक संवाद प्रक्रिया शुरू (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १८ गते १५:०५
सरकार र विप्लव नेतृत्वको नेकपाबीच औपचारिक संवाद प्रक्रिया शुरू (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच औपचारिक वार्ता प्रक्रिया अघि बढेको छ ।

दुवै पक्षले वार्ता टोली गठन गरेसँगै वार्ताको औपचारिक प्रक्रिया शुरु भएको हो । सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन गरेको छ ।

सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले वार्ता टोली घोषणा गरेलगत्तै विप्लव समूहले पनि वार्ता टोली सार्वजनिक गरेको छ ।

विप्लव समूहले पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता समिति बनाएको छ । वार्ता टोलीमा पूर्व लडाकू कमाण्डर उदयबहादुर चलाउने दीपक सदस्य रहेको विप्लव नेकपाका एक नेताले जानकारी दिएका छन् ।

दुवै पक्षबीचका अनौपचारिक छलफलपछि वार्ताको सहज वातावरण बनेको निष्कर्षका साथ दुवै पक्षले वार्ता टोली गठन गरेका हुन । पहिले तीन सदस्यीय टोली गठन गरेको बताईएपनि सरकारले दुई सदस्यीय वार्ता टोली बनाएपछि विप्लव समूहले पनि दुई जनाको मात्रै नाम सार्वजनिक गरेको छ ।

विप्लव समूहले वार्ताका लागि प्रतिबन्ध फुकुवा, जेलमा रहेका नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने माग राख्दै आएको छ । विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा र मुद्दाका विषयलाई वार्ताबाटै सम्बोधन गर्ने सरकारले जनाएको छ ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । झन्डै २० महिनाअगाडि सरकारले वार्ताका लागि लागि सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति बनाएको थियो । तर वार्ता हुन नसकेपछि ६ महिनामै वार्ता टोली भंग भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्