Main News

प्रतिगमनको विपक्षमा रहेका शक्तिको सहकार्यमा नयाँ सरकार बन्छः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १८ गते १४:५३
प्रतिगमनको विपक्षमा रहेका शक्तिको सहकार्यमा नयाँ सरकार बन्छः अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ विराटनगर । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनको विपक्षमा रहेका शक्तिसँगको सहकार्यमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ ।

विराटनगरमा आज संचारकर्मीसँग अध्यक्ष नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार बनाउन प्रयास भइरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले प्रतिगमनलाई साथ दिएकाहरुले गल्ती महशुस गरेर आए पार्टीमा स्वागत गर्न तत्पर रहेको बताउनुभयो । आफूमाथि शारिरिक आक्रमण हुनसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै नेपालले आफ्नो पार्टीले सुरक्षा दिने बताउनुभयो ।

मुलुकको कार्यकारी प्रमुख नै असुरक्षित हुनु सामान्य विषय नभएको भन्दै उहाँले प्रधानमन्त्री ओलीलाई सुरक्षा दिन आफ्नो दल तयार रहेको बताउनुभयो ।

फरक प्रसंगमा अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आफुहरु नकारात्मक नभएको बताउनुभयो । सबैलाई हित हुनेगरी एमसीसीको प्रक्रिया अघि बढाउने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *