Main News

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ५५ घर जले

हिमालय टिभी
२०७७ फागुन १८ गते १३:४८
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ५५ घर जले

१८ फागुन २०७७ ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा भीषण आगलागी हुँदा धनमालको ठुलो क्षति भएको छ ।

बिहान ९ बजेतिरबाट शुरु भएको आगलागीबाट अहिलेसम्म ५५ घर जलेका छन् । आगो केहीबेर अघि आंशिक नियन्त्रणमा आएको छ । आगलागीबाट आधाभन्दा बढी बजार जलेको छ ।

स्थानीय भोला पौडेलको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । सदरमुकाम फुङलिङबाट गएको दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीय आगलागी नियन्त्रणमा खटिएका छन् ।

आगलागी फैलन नदिन डोजरले कच्ची घर भत्काएको थियो । आगलागीबाट मानविय क्षति भने भएको छैन । दोभान बजार जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *