Main News

चीनले नेपाललाई थप ३ लाख डोज कोरोनाविरुद्धको खोप उपलव्ध गराउने

हिमालय टिभी
२०७७ फागुन १८ गते ८:०४
चीनले नेपाललाई थप ३ लाख डोज कोरोनाविरुद्धको खोप उपलव्ध गराउने

१८ फागुन २०७७ काठमाडौं । चीनले नेपाललाई थप ३ लाख डोज भ्याक्सिन दिने प्रतिबद्धता जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीट गर्दै नेपाललाई थप ३ लाखसहित जम्मा ८ लाख डोज भ्याक्सिन अनुदान सहयोग गर्न लागेको जानकारी दिनुभएको हो ।

यसअघि चीनका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यीले नेपाललाई चीनले ५ लाख कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने प्रतिबद्धता जनाउनु भएको थियो ।

माघ २३ गते नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोनमा वार्ता गर्दै वाङले यस्तो प्रतिबद्धता जनाउनु भएको थियो ।

राजदूत होउले आफ्नो ट्वीटमा कोभिड–१९ विरुद्ध लड्नको लागि सहयोग स्वरुप चीन सरकारले नेपाललाई भ्याक्सिनको अनुदान सहायतामा बृद्धि गरी ८ लाख डोज पुर्‍याएको जनाउनु भएको छ ।

चिनियाँ राजदूतावासले उक्त भ्याक्सिन नेपाललाई छिटोभन्दा छिटो ल्याउनको लागि पहल गर्ने जनाएको छ । चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासबाट नेपाललाई तीन लाख डोज भ्याक्सिन अनुदान दिने घोषणा गरेको थियो ।

चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *