राजनीति

यस्तो छ सत्तामा टिकिरहने प्रधानमन्त्री ओलीको रणनीति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १६ गते २०:२७
यस्तो छ सत्तामा टिकिरहने प्रधानमन्त्री ओलीको रणनीति (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पदमा कायम रहन हरसम्भव प्रयास गरिरहनुभएको छ । त्यसका लागि प्रचण्ड नेपाल समूहलाई अफ्ठेरो हुने गरी गरी विभिन्न रणनीतिमा प्रधानमन्त्रीले काम अघि बढाएको देखिन्छ ।

प्रधानमन्त्रीको पहिलो रणनीति–आफैँ टिक्ने
प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो योजना आफै पदमा टिक्ने रहेको छ । र प्रधानमन्त्री ओलीले हरसंभव प्रयास गर्नुभएको छ । त्यसका लागि नेकपाको संसदीय दललाई विभाजित हुन नदिने ओलीको रणनीति छ । त्यसमा उहाँले निर्वाचन आयोगलाई प्रयोग गरेको देखिन्छ ।

आयोगले संसद बैठक बस्नुअघि अर्थात फागुन २३ अघि दल विभाजन टुंगो नलगाइदिए नेकपा संसदीय दल विभाजित हुन समस्या हुन्छ । त्यस्तो अवस्थामा संसदीय दलको अर्को नेता चयन गर्न प्रचण्ड–नेपाल समूहलाई सहज हुने छैन । र, प्रधानमन्त्रीमा ओली नै कायम हुनुहुनेछ ।

योसँगै जोडिएको अर्को योजनापछि ओलीको छ–अविश्वास प्रस्ताव असफल पार्ने । अविश्वास प्रस्ताव असफल पारे पनि ओलीको पद जोगिनेछ । यसका लागि प्रधानमन्त्री ओलीले अविश्वास प्रस्ताव आउन नदिन र आए असफल पार्न आफ्नो पक्षमा सांसद जुटाउन निकै कसरत गरिरहनुभएको छ । किनकी उहाँ कुनैपनि हालतमा राजीनामा नदिने अडानमा हुनुहुन्छ ।

प्रधानमन्त्रीको दोश्रो रणनीति–मध्यावधि चुनाव
ओलीको दोस्रो रणनीतिचाँहि ‘अर्ली इलेक्सन’ अर्थात मध्यावधि चुनाव नै हो । त्यसको संकेत ऊर्जामन्त्री टोपबहादुर रायमाझीले सार्वजनिक कार्यक्रममा दिइसक्नुभएको छ । प्रधानमन्त्री ओलीले राजीनामा नदिने भन्दै संसदमा अर्को सरकार पनि नबन्ने बताइरहनुको संकेत संसदमा सरकार बन्न नदिनु र चुनावमै जानु हो ।

प्रधानमन्त्री ओलीका पछिल्ला सबै कदम सरकार नबनेर संसद् विघटन हुने अवस्था ल्याउने ल्याउने योजनासँग जोडिएको छ । सरकार बन्न नसक्ने अवस्थामा संविधानको धारा ७६ को उपधारा ७ अनुसार स्वतः विघटन हुन्छ र छ महिनाभित्र चुनावमा जानै पर्छ ।

प्रधानमन्त्रीको तेस्रो रणनीति–देउवासँग सहकार्य
ओलीको तेस्रो रणनीति संसदमा प्रस्तुत हुने अविश्वास प्रस्ताव पारित हुने अवस्था आए कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्ने देखिन्छ । प्रचण्ड र माधवकुमार नेपाललाई जसरी पनि सरकारमा आउन नदिने योजनासहित ओलीले देउवालाई समर्थन गर्न सक्ने देखिन्छ । कांग्रेस सभापति देउवा पनि अर्लि इलेक्सनकै पक्षमा भएकाले यो देउवासँग सहकार्य हुने संभावना छ । उर्जामन्त्री टोपबहादुर रायमाझीको कुराले त्यही प्रष्ट गर्छ ।

प्रधानमन्त्री आफ्नो यो रणनीतिमा कति सफल हुनुहुन्छ, त्यो हेर्न संभवत धेरै समय कुर्नुपर्ने छैन । तर त्यसका लागि उहाँले अरुलाई सहजै बाटो नखोल्ने भने प्रष्ट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्