Main News

उत्कृष्ट काम गर्ने ट्राफिक प्रहरी सम्मानित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १६ गते १५:२१
उत्कृष्ट काम गर्ने ट्राफिक प्रहरी सम्मानित (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उत्कृष्ट काम गर्ने ट्राफिक प्रहरीलाई सम्मान गर्न थालेको छ ।

ट्राफिक प्रहरीले नागरिकलाई गर्ने व्यवहार राम्रो होस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम शुरु गरिएको महाशाखाले जनाएको छ ।

कार्यक्रमअन्तर्गत फिल्डमा खटिएर काम गर्ने ट्राफिक प्रहरीले नागरिकलाई गर्ने व्यवहार, कार्यसम्पादन र आचरणको मूल्याङ्कन गरी उत्कृष्ट काम गर्ने ट्राफिक प्रहरीलाई सम्मान गरिनेछ ।

यो कार्यक्रमले प्रत्येक ट्राफिक प्रहरीलाई नागरिक मैत्री व्यवहार गर्न उत्प्रेरणा मिल्ने महाशाखाको विश्वास छ ।

महाशाखाले आज उत्कृष्ट काम गर्ने केही ट्राफिक प्रहरीलाई सम्मान समेत गरेको छ । ट्राफिक प्रहरीको व्यवहार राम्रो नभएको र दुर्व्यवहार हुने गरेको गुनासो नागरिकबाट आउन थालेसँगै महाशाखाले कार्यविधि नै ल्याएर कार्यक्रम शुरुवात गरेको हो ।

महाशाखाले ट्राफिक प्रहरीले नागरिकलाई गर्नुपर्ने व्यवहारको बारेमा तालिम दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *