Main News

झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धनको तयारी, डा. केसीद्वारा सत्याग्रहको चेतावनी

हिमालय टिभी
२०७७ फागुन १६ गते ७:३५
झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धनको तयारी, डा. केसीद्वारा सत्याग्रहको चेतावनी

१६ फागुन २०७७ काठमाडौं । काठमाडौँ विश्वविद्यालय (केयु)ले झापाको बी एण्ड सी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

गत बुधबार बसेको सिनेट बैठकले २०७३ सालमा कलेजले विश्वविद्यालयमा पेश गरेको निवेदनलाई प्रक्रियामा लैजान निर्णय गरेको हो।

यो निर्णय सँगै विश्वविद्यालयले अब राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन प्रक्रियामा लैजान सकिने वा नसकिने हेर्नका लागि पत्राचार गर्ने केयुका उपकुलपति प्राध्यापक डा भोला थापाले बताउनुभयो ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा श्रीकृष्ण गिरीले भने केयुले के निर्णय गरेको भन्ने आफूलाई थाहा नभएको भन्दै निर्णय नहेरी नबोल्ने बताउनुभएको छ ।

डा थापाका अनुसार चिकित्सा शिक्षा ऐन आउनु अगाडि नै बी एण्ड सी मेडिकल कलेजले सम्बन्धनका लागि निवेदन दिइसकेकाले सम्बन्धन पाउने–नपाउने टुङ्गो लगाउन अध्ययन प्रकृया खुल्ला गरिएको हो। बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईं हुनुहुन्छ।

यसैबीच प्राध्यापक डा गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा र बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मिलेमतोमा सम्बन्धन दिने प्रक्रिया अघि बढाउने निर्णय गर्नु गैरकानूनी भएको बताउनुभएको छ । उहाँले निर्णय बदर नभए सत्याग्रह थाल्ने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *