संसद पुनर्स्थापनापछि सरकार झन बलियो भयो : सुवास नेम्बाङ (भिडियो रिपोर्टसहित)

Himalaya Television
२०७७ फागुन १५ गते १८:३६

संसद पुनर्स्थापनापछि सरकार झन बलियो भयो : सुवास नेम्बाङ (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ काठमाडौं । नेकपा ओली समूहका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले संसद पुनर्स्थापना पछि सरकार झन बलियो भएको दाबी गर्नुभएको छ ।

काठमाडौंमा आज आयोजित पार्टीको प्रशिक्षणमा नेता नेम्बाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनर्स्थापनापछि दह्रो भएको टिप्पणी गर्नुभयो ।

अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्बाङले सरकारले त्यसको सामना गर्ने समेत बताउनुभयो । अविश्वास प्रस्ताव फेल भए सरकार फेरी एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीलाई डर लागेको पनि उहाँको दाबी छ ।

पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष केपी शर्मा ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको दाबी गर्दै नेता नेम्बाङले नेकपा विभाजन नभएको टिप्पणी समेत गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs