Main News

पछिल्लो राजनीतिक अवस्थाबारे के भन्छन् सर्वसाधारण ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १४ गते २०:२३
पछिल्लो राजनीतिक अवस्थाबारे के भन्छन् सर्वसाधारण ? (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । वामपन्थीबाट मुलुकको विकास र समृद्धिको आशामा गत निर्वाचनमा जनताले ठुलो बहुमत दिए । नेकपाले दुईतिहाइ मतसहित सरकार बनायो । तर आधा अवधि पनि पार नगर्दै नेकपामा भएको भद्रगोलले मुलुकलाई नै अनिश्चयमा धकेलेको छ । यसबाट आम नागरिक पनि निराश हुँदै गएका छन्। आज हामीले काठमाडौंका विभिन्न स्थानमा पुगेर राजनीतिबारे धारणा बुझ्ने प्रयास गरेका छौं–

सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेपछि मुलुकमा नयाँ सरकार कसरी बन्छ भन्ने अन्योल छ । नयाँ सरकार कस्को नेतृत्वमा कहिले बन्ने हो अझै स्पष्ट हुन सकेको छैन ।

पाँच वर्षका लागि करिव दुई तिहाइ मत दिएको दलमा चलिरहेको झगडाले आम नागरिक पनि निराश छन् । उनीहरु अहिले नेताहरु सत्ता र कुर्सीकै लागि लडिरहेको ठानिरहेका छन् । नेताहरुले नागरिकप्रतिको दायित्व बुझ्न नसकेको आम नागरिकको ठम्याइ छ ।

काठमाडौमा सानो व्यवसाय गरिरहेकाहरुको धेरै ठुलो आशा छैन । राजनीति बुझि साध्य नभएकाले काम गरेर खाने वातावरण बनाइदिए मात्रै हुन्थ्यो भन्ने उनीहरुको अपेक्षा छ ।

संसद पुनर्स्थापना, विघटन, सत्ता परिर्वतन जस्ता राजनीतिक परिदृशले आम नागरिक निराश छन् । नेताहरु अहिले आफनै स्वार्थमा मात्रै लागिरहेकोमा उनीहरुको चित्त दुखाइ छ ।

स्थिरताका लागि गरेको मतदान अहिले खेर गएको जस्तो जनतालाई लागिरहेको छ । आम नागरिकलाई जस्तै विभिन्न क्षेत्रका पेशाकर्मीको पनि अहिलेका राजनीतिज्ञबाट पार नलाग्ने बुझाइ छ ।

माथिका नागरिकका धारणाले आम नेपालीको प्रतिनिधित्व गर्छ । यसबाट बुझ्न सकिन्छ कि पछिल्लो पटक देखिएका राजनीतिक खेलले जनतालाई कसरी निराश बनाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *