Main News
भारतद्वारा २५ वटा स्वास्थ्य चौकी पुनःनिर्माण गर्न ५३ करोड सहयोग
२०७७ फागुन १४ गते १९:०६
१४ फागृुन २०७७ काठमाडौं । २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतले नेपाललाई ५३ करोड आर्थिक सहयोग गरेको छ ।
भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना बीच चारवटा सम्झौतापत्रमा हस्ताक्षर भएका छन् ।
धादिङ्गमा १२ र सिन्धुपाल्चोकमा १३ गरी कूल २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण हुन लागेको हो । २०७२ सालको भूकम्पले क्षति पुर्याएका यी स्वास्थ्य चौकी ५३ करोडको लागतमा पुनर्निर्माण हुनेछन् ।
सोही अवसरमा सफल बोलपत्रदातालाई कार्य हस्तान्तरण गर्न ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई का बीच चारवटा ठेक्का सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
प्रतिक्रिया