Main News
गृहमन्त्रालयद्वारा एकैपटक ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर (सूचीसहित)
२०७७ फागुन १४ गते १६:३९
१४ फागुन २०७७ काठमाडौं । गृह मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गर्दा मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो ।
त्यस्तै केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।
गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गर्नुभएको छ । ।
प्रतिक्रिया