Main News

कमल पोखरीमा कंक्रिटको संरचना नागरिक अभियन्ताले भत्काए

हिमालय टिभी
२०७७ फागुन १४ गते १५:१७
कमल पोखरीमा कंक्रिटको संरचना नागरिक अभियन्ताले भत्काए

१४ फागुन २०७७ काठमाडौं । कमलपोखरीमा कंक्रिट प्रयोग गरेर बनाइएका संरचना आज नागरिक अभियन्ताले भत्काएका छन् ।

मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेकोमा बृहत नागरिक आन्दोलनका अभियन्ताले संरचना भत्काएका हुन् । संरचना भत्काउने क्रममा प्रहरी र नागरिक अभियान्तबीच धकेलाधकेल समेत भएको छ ।

उनीहरुले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको विरोधमा नाराबाजी समेत गरेका छन् ।

अभियन्ता नारायण वाग्ले, आलोकसिद्धि तुलाधर, राजेन्द्र महर्जनलगायत ४०–५० जनाको समूह संरचना भत्काउन कमल पोखरी पुगेको थियो । नागरिक अभियन्ताले कंक्रिट नराख्न माग गर्दै आएका थिए ।

नागरिक अभियन्ता नारायण वाग्लेले संविधानले माटोको सुरक्षा गर्नु भन्दाभन्दै स्थानीय सरकारले मास्न लागेको आरोप लगाउनुभयो ।

सम्पदा अभियनता गणपतिलाल श्रेष्ठले स्थानीय सरकारले जबरजस्ती ऐतिहासिक सम्पदालाई मासेर व्यापारीकरणतर्फ लागेको बताउनुभयो । महानगरपालिकाले पोखरी पुनर्निर्माण सुरु गरेदेखी नै चर्को विरोध भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *