Main News

पूर्वमन्त्री जोशीलाई मष्तिस्कघात, नर्भिकमा गरियो शल्यक्रिया

हिमालय टिभी
२०७७ फागुन १४ गते १५:१०
पूर्वमन्त्री जोशीलाई मष्तिस्कघात, नर्भिकमा गरियो शल्यक्रिया

१४ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि अहिले उपचार भइरहेको छ ।

नेता जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ । उहाँको अवस्था सुधारोन्मुख तर अझै गम्भीर रहेको चिकित्सकले बताएका छन् । जोशीको मस्तिष्कको नशा फुटेर संवेदनशील भागमा रगत जमेको थियो ।

ड्रेन गरेर मस्तिष्कबाट रगत निकालिएको छ। जोशिलाई अहिले भेन्टिलेटरमा राखिएको छ । अझै ४८ घण्टा उहाँलाई सघन निगरानीमा राखिने चिकित्सकले जनाएका छन् ।

गएराती समस्या देखिएपछि उहाँलाई शुरुमा वीर अस्पताल लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि उहाँलाई नर्भिक अस्पताल थापाथली लगेर भर्ना गरिएको हो । न्युरोसर्जन डा. राजीव झासहितको टोलीले जोशीको उपचार गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *