Main News

कांग्रेस नेता एवं पूर्वमन्त्री जोशीलाई मष्तिष्कघात

हिमालय टिभी
२०७७ फागुन १४ गते १३:०४
कांग्रेस नेता एवं पूर्वमन्त्री जोशीलाई मष्तिष्कघात

१४ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

गएराति १ बजे समस्या भएपछि उहाँलाई शुरुमा वीर अस्पताल लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि उहाँलाई नर्भिक अस्पताल थापाथली लगेर भर्ना गरिएको छ ।

अस्पतालका अनुसार कांग्रेस नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको छ । उहाँको अवस्था गम्भीर रहेको र अहिले आकस्मिक शल्यक्रिया गरिदै छ ।

न्युरोसर्जन डा. राजीव झासहितको चिकित्सकको टोली जोशीको उपचारमा संलग्न छ । अहिले सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन पाइप राखिएको छ ।

डा. झाका अनुसार जोशीको मस्तिष्कको जुन भागमा रगत जमेको छ, त्यस्तो भागमा रगत जमेपछि निको हुन लामो समय लाग्न सक्छ । जोशी पूर्वउद्योगमन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *