प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब/सुविधा एकमुस्ट पाउने

१४ फागुन २०७७ काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब/सुविधा एकमुस्ट पाउने भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद सचिवालयले सांसदहरुको तलब/सुविधा रोकेको थियो । फागुन महिनाको तलब पठाउँदा पुसदेखि रोकिएको सबै तलब एकमुस्ट पठाइने संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताउनुभयो ।
फागुन ११ गते सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन बदर भएपछि यसअघि रोकिएको तलब सुविधा सांसदहरुले एकमुस्ट पाउने भएका हुन् । यसअघि संसदमा पेश भएका विधेयक पनि जस्ताको तस्तै अगाडी बढने प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो ।
प्रतिनिधिसभाको पहिलो बैठकमा भने खास एजेण्डा छैन । अधिवेशन डाकिएको जानकारी गराइएको राष्ट्रपतिको पत्र सभामुखले वाचन गर्ने र दलीय आधारमा नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची बन्ने उहाँको भनाई छ ।
प्रतिक्रिया