रिठेपानीडाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन (भिडियो रिपोर्टसहित)
१३ फागुन २०७७ काठमाडौं । संसदीय समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकको रिठेपानीडाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानीडाँडा कटान गर्ने कार्य ६ महिनाभित्र सक्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याबारे सरोकारवालासँग छलफल गरेपछि समितिले मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले विमानस्थलभित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य पनि ६ महिनाभित्र सक्न भनेको छ । समितिले विमानस्थल निर्माणका बाँकी काम छिटो सक्न सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
यस्तै पोखरा महानगरपालिकाको ल्याण्डफिल साइट सार्ने सम्बन्धमा समितिले महानगरपालिकासँग छलफल गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया