राजनीति

ओलीलाई ससम्मान विदाइ गरेर नेकपाबाटै प्रधानमन्त्री चुन्न गौतमको प्रस्ताव

हिमालय टिभी
२०७७ फागुन १३ गते १५:५९
ओलीलाई ससम्मान विदाइ गरेर नेकपाबाटै प्रधानमन्त्री चुन्न गौतमको प्रस्ताव

१३ फागुन २०७७ काठमाडौं । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेका बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानजनक बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गर्नुभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले यस्तो प्रस्ताव राख्नुभएको हो । जवाफमा प्रचण्डले आफू जहिले पनि पार्टी एकताकै पक्षमा रहेको र पार्टी विभाजित पनि नरहेको तर अहिलेकै अवस्थामा केपी शर्मा ओलीसँग सहकार्य गर्ने कुरा सोच्न पनि नसक्ने बताउनभएको छ ।

ओलीले आत्मालोचना गरेर राजीनामा दिनुपर्ने र त्यो नै पार्टी एकताका लागि हितकर हुने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

गौतमले एकतासहितका रणनीतिक विषयका लागि कार्यदल बनाउन पनि सुझाव दिनुभएको छ । गौतम र प्रचण्डबीच छलफल जारी राख्ने सहमति भएको छ ।

नेकपा दुई खेमामा विभाजित भएका बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आउनुभएको छ ।

सर्वोच्च अदालतले संसद विघटनको कदम खारेज गरिदिएपछि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने गौतमको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्