राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहले ग-यो जनता समाजवादी पार्टीलाई यस्तो प्रस्ताव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १३ गते १५:१८
नेकपा प्रचण्ड–नेपाल समूहले ग-यो जनता समाजवादी पार्टीलाई यस्तो प्रस्ताव (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति नेकपा प्रचण्ड–नेपाल समूहले प्रस्ताव गरेको जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । छलफलमा जसपा नेताहरुले प्रचण्ड–नेपाल समूहको पार्टी कुन हो स्पष्ट पार्न आग्रह गरेको पनि उहाँले बताउनुभयो । आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ की भनेर कुराहरु राख्नुभयो । हामीले के जिज्ञासा राख्यौं भने तपाईको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? अलमलमा प¥यो त्यो प्रष्ट हुनुस् र तपाईहरुले राखेका सबै कुराहरु हाम्रो पार्टीको बैठकमा हामी राख्छौं ।’

जसपा नेताहरुले पटकपटक आफुहरुले गरेको सहमतिमा धोका खाएको पनि स्मरण गराएका थिए । जसपा नेताहरुले आफ्नो पार्टीका सांसद रेशम चौधरी लगायतका नेताहरु अझैपनि बन्दी जीवन बिताउनुपरेको भन्दै बन्दी रिहाईका लागि संघर्ष गरिरहने बताएका छन् ।

बरिष्ठ नेता महतोले भन्नुभयो ‘हाम्रा आन्दोलनकारी साथीहरु, निर्वाचित सांसद रेशम चौधरी लगायतले अहिलेपनि बन्दी जीवन बिताइरहेका छन् । यी सवालहरु छन् । यी समस्याहरु छन् । त्यसैले आगामी दिनमा हामी यी सवालहरु हाम्रो प्राथमिकताका साथ उठाउने छौं र यसको लागि संघर्ष गर्छौं । संविधानमा रहेका त्रुटिहरु, कमीकमजोरीहरु र बन्दी रिहाइका सवालहरु समेत जुनसुकै सरकार बनेपनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौ ।’

सर्वोच्च आदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनाएसँगै आगामी दिनमा सत्ता समीकरणका लागि नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरुले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्