संसद पुनःस्थापनाबारे ओलीको यस्तो प्रतिक्रिया–मलाई केही फरक पर्दैन (भिडियो रिपोर्टसहित)

१२ फागुन २०७७ काठमाडौं । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रिया आएको छ ।
प्रधानमन्त्रीले अदालतको फैसलालाई सामान्य भन्नुभएको छ । तर राजीनामा भने नदिने उहाँले संकेत गर्नुभएको छ ।
मेरो विचारमा भोलि पर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ की जस्तो लाग्छ । राजीनामा देउ राजीनामा देउ भनेर । यतापट्टी चिन्ता गर्नु पर्दैन । को मान्छे कतिखेर हर्ट अट्याटक भएर मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्नसक्छ, गाडी ठोक्किएर मर्न सक्छ, जलेर मर्न सक्छ जिन्दगीको कुनै ठेगान छैन । जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो । मरेपछि न मान्छे बेइमान हुनसक्छ न इमान्दार हुनसक्छ ।
नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसला सामान्य भएको भन्दै यसले आफूलाई कुनै असर नगर्ने बताउनुभयो । पुनर्स्थापनाको प्रसंग उठाउँदै उहाँले प्रचण्ड र नेपालमाथि कटाक्ष गर्नुभयो ।
उहाँले भन्नुभयो ‘मैले प्रधानमन्त्रीमा रहुन्जेल राम्रो काम गर्छु तर हिजोको अदालतको फैसलाले बर्बाद पारेको होइन । यो सामान्य कुरा हो । मेरा केही भाइहरुले लड्डु खुवाईखुवाई गरे रे, लड्डु खाएछन् । खुसी भएर, जित्यौं भनेर । के जिते मलाई थाहा छैन । के पाउँछन अब हेर्नुछ ।’
प्रधानमन्त्री ओलीले जित भयो भनेर लड्डु खानेहरुले भोलि पर्सिदेखि राजीनामा माग्नेसमेत बताउनुभयो । तर आफूलाई त्यतातर्फ कुनै चिन्ता नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘मेरो विचारमा भोलि पर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ की जस्तो लाग्छ । राजीनामा देउ राजीनामा देउ भनेर । यतापट्टी चिन्ता गर्नु पर्दैन । को मान्छे कतिखेर हर्ट अट्याटक भएर मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्नसक्छ, गाडी ठोक्किएर मर्न सक्छ, जलेर मर्न सक्छ जिन्दगीको कुनै ठेगान छैन । जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो । मरेपछि न मान्छे बेइमान हुनसक्छ न इमान्दार हुनसक्छ ।’
संसद पुनर्स्थापना भएपछि हिजो प्रचण्ड र नेपालले एक अर्कालाई लड्डु खुवाउनुभएको थियो । प्रधानमन्त्री ओलीले अब प्रचण्ड नेपाल समूहले आफ्नो राजीनामा माग्ने भन्दै राजीनामा नदिने संकेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीले मात्रै होइन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्रीले राजीनामा नदिने संकेत गर्नुभएको छ । पार्टीको स्थायी समिति बैठकपछि बालुवाटारमा पत्रकारत ज्ञवालीले अर्को सरकार बन्ने परिस्थिति नबनेसम्म राजीनामा नआउने संकेत गर्नुभयो ।
प्रतिक्रिया